Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसियाली खेलकुद - भारतविरुद्ध टस हारेको नेपाल फिल्डिङमा

मंगलबार, असोज १६, २०८०

काठमाडौं - चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा भारतसँग टस हारेर नेपाल पहिला फिल्डिङ गर्दैछ।

झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट मैदानमा टसमा भारतका कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन्। खेल पौने ७ बजे सुरु हुँदैछ।

नेपालले टोलीमा एक परिवर्तन गरेको छ। करण केसी प्लेइङ ११ मा फर्किदा विनोद भण्डारी बेन्चमा छन्। भारतले विकेटकिपर जितेश शर्मालाई डेब्यू दिएको छ।

भारत सिधैं क्वाटरफाइनल खेलेको हो। नेपालले समूह ए मा मंगोसियालाई २ सय ७३ र माल्दिभ्सलाई १ सय ३८ रनले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो । नेपालले टी–२० आईमा भारतसँग पहिलो पटक खेल्न लागेको।

नेपाल टी–२० आई वरियतामा १६ औं र भारत नम्बर वान टोली हो। त्यस्तै भारत २००७ को टि २० विश्वकप विजेता हो। नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक नम्बर वान टी–२० आई वरियता टोली र विश्वकप विजेतासँग खेल्न लागेको हो।

 

 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्