एसियाली खेलकुद : नेपाललाई तेस्रो सफलता
काठमाडाैं - नेपालले १९ औं एसियाली खेलकुद (एसियाड) को क्वाटरफाइनल भारतविरुद्ध तेस्रो विकेट लिएकाे छ।
झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले १३ ओभरमा ३ विकेट गुमाउदै १ सय १९ रन बनाएको छ ।
यशस्वी जैसवाल ४० बलमा ६ चौका र ६ छक्कासहित ८१ रनमा क्रिजमा छन् । नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रको बलमा ठूलो सट खेलेका भारतीय कप्तान ऋतुराज गायकवाड डिप मिडविकेटमा रोहित पौडेलबाट क्याच आउट भए ।
सुरुवात देखिनै संघर्ष गरेका गायकवाड २३ बलमा ४ चौकासहित २५ रनमा आउट भए । पहिलो विकेटका लागि जैसवाल र गायकवाडले ९.५ ओभरमा १ सय ३ रनको शतकीय साझेदारी गरेका थिए । तर लगातार विकेट गुमाएपछि रनको गतिमा ब्रेक लागेको छ ।
तिलक बर्मालाई सोमपाल कामीले १२ औं ओभरको चौथो बलमा २ रनमा बोल्ड आउट गरे । तिलक बर्माले १० बल खेलेका थिए । जितेश शर्मा सन्दीप लामिछानेको १३ औं ओभरको पाँचौं बलमा पाँच रनमा कट एण्ड बोल्ड आउट भए । शिबम दुबे क्रिजमा आएका छन् ।