Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको आठौं विकेट गुम्यो

मंगलबार, असोज १६, २०८०

काठमाडौं - १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा भारतविरुद्ध नेपालले सोमपाल कामीलाई सातौँ र गुल्सन झालाई आठौँ विकेटका रूपमा गुमाएको छ ।

जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको २०३ रनको लक्ष्य पछ्याइरहेको नेपालले १६.६ ओभरमा सोमपाललाई व्यक्तिगत सात रनमा गुमाएको हो । १७.१ ओभरमा गुल्सनलाई ६ रनमा गुमायो ।

जारी खेलको १७.१ ओभरको खेल सकिँदा नेपालले आठ विकेट गुमाएर १५६ रन बनाएको छ ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको भारतीय टिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १०:०६
प्रतिक्रिया दिनुहोस्