नेभिगेशन
समाज विविध
धार्मिक सद्भाव भड्किने संकेत

नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी

काठमाडौं-  नेपालगञ्जमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएकाे छ। जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाएको हो।

केही दिनदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव देखिएको थियो। झडप हुनसक्ने र सामाजिक, धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि प्रशासनले यहाँ कर्फ्यु लगाएकाे हाे।

धार्मिक सद्‌भाव कायम राख्न भन्दै मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्‍याली समेत आयोजना गरिएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता