Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला भलिबल : नेपाल भारतसँग पराजित

बुधबार, असोज १७, २०८०

काठमाडौँ - चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३-१ सेटले पराजित भएको हो ।

खेलको पहिलो सेट २५-२३ ले गुमाएको नेपालले दोस्रो खेल २६-२८ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछिका दुई सेट नेपालले गुमायो । खेलको तेस्रो सेटमा नेपालले पुनः २५-२३ बनायो भने चौथो सेटमा भारतले २५-१७ ले सहजै आफ्नो पक्षमा पार्‍यो । यसअघि समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्