नेभिगेशन
विश्व

थाइल्याण्डमा बम विष्फोट, १३ जना घाइते

बैंकक– थाइल्याण्डको दक्षिणी क्षेत्रमा लुकाएर राखिएको बम विष्फोट हुँदा कम्तीमा १३ जना घाइते भएका सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् ।

उपप्रधानमन्त्री सोमसाक थेप्सुटिनलाई उद्धृत गर्दै सरकारी वेबसाइटमा प्रकाशित एक रिपोर्टका अनुसार आक्रमणकारीले पटानी प्रान्त क्षेत्रको निरीक्षण गर्न अधिकारीहरूलाई बाध्य पार्न ब्यानर झुण्ड्याएपछि भूमिगत रूपमा लुकाइएको विस्फोटक पदार्थ मङ्गलबार विस्फोट भएको थियो ।

सबै घाइतेको उपचार भइरहेको बताउँदै सोमसाकले स्थानीय प्रशासनसँग घाइतेलाई सहयोग गर्न निर्देशन दिएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन