Nic Ad Nic Ad
Nic Ad Nic Ad

सन् २०३० को फिफा विश्वकप ६ देशमा हुने

बिहीबार, असोज १८, २०८०

काठमाडौं - सन् २०३० को फिफा विश्वकप फुटबल तीन महादेशका ६ देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् ।

२०३० को विश्वकपका खेलहरु स्पेन, पोर्चुगल र मोरक्को तथा तीन उद्घाटन खेलहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा आयोजना हुने छन् । यस निर्णयलाई अर्को वर्ष हुने फिफा कांग्रेसले अनुमोदन गर्ने भएको छ ।

स्पेन, पोर्चुगल र मोरक्कोलाई सह–आयोजक घोषणा गरिएको छ भने सुरुवाती तीन खेल तीन दक्षिण अमेरिकी राष्ट्रहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछ ।

उरुग्वेको राजधानी मोन्टेभिडियोमा विश्वकप सुरु भएको १ सय वर्ष पुगेको अवसरमा तीन खेल त्यहाँ खेलाइन लागिएको हो ।

सन् २०३० को प्रस्ताव स्वीकृत भएको खण्डमा मोरक्को विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी देश बन्नेछ । आयोजक ६ देश विश्वकपमा सिधै छनोट हुने छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्