Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआरएन मकाउका पूर्वअध्यक्ष गुरुङमाथि राहदानी बनाइदिने भन्दै ठगी गरेको आरोप, अरु पनि छन् धन्दा!

बिहीबार, असोज १८, २०८०

काठमाडौंराहदानी बनाइदिने भन्दै नेपाली कामदारलाई ठग्ने काममा गैर आवासीय नेपाली संघ (एनआरएन) मकाउका पूर्व अध्यक्ष पूर्ण गुरुङको संलग्नता रहेको आरोप लागेको छ।

उनले यस कामका लागि गिरोह नै सञ्चालन गरेको स्रोतले दाबी गरेको छ। यसबाहेक गुरुङले मकाउमा रहेर हुन्डी कारोबारलाई पनि तिव्रता दिएको बताइएको छ।

नेपालीको सहयोगका लागि एनआरएनको नाममा डोनेशनको रकम संकलन गरी त्यसमा भ्रष्टाचार गरेको भनी गुरुङविरुद्ध सम्पत्ति शुद्धिकरण विभागका उजुरीको तयारी भएको छ।

स्रोतले भन्यो,‘यति मात्र होइन विदेश महिलासँगको सम्बन्धका कारण पनि उनले नेपाली समुदायको नाम बदनाम गराइरहेका छन्।  

सरकारी नाम दुरुपयोग गरी विभिन्न व्यक्तिलाई वारिसनामामा सम्बन्ध बिच्छेद जस्ता कागजातहरु बनाइन्छ भनी ठूलो धनराशी  असुल उपरमा पनि गुरुङको संलग्नता देखिएको छ।

makau 21696496258.jpg

उनै गुरुङले आफ्नो धन्दा लुकाउनका लागि अन्यलाई आरोप लगाउँदै बदनाम गराउने काममा सक्रियता समेत देखाएको बताइन्छ।

चीनको विशेष प्रशाशनिक क्षेत्र मकाउमा लामो समयदेखि नेपाली कामदार कार्यरत रहेता पनि कुनै पनि सरकारी नियोग तथा महावाणिज्यदूतको कार्यलय स्थापना भएको छैन। एनआरएन मकाउको अथक प्रयास समन्वय बाबजुत अहिलेसम्म सरकारी कामकारबाही राहदानीलगायत कन्सुलर सेवा हङकङस्थित नेपाली महावाणिज्य दूतावासले मकाउस्थित गैर आवश्यक नेपाली संघ  मकाउको कार्यालयमा नै आई आफ्नो कार्य सञ्चालन गर्दछ।

तर गुरुङको समूहले भने उक्त नीतिविपरित काम गरिरहेको बताइन्छ।

हङकङस्थित महावाणिज्यदूतावाससँग महिनामा कम्तिमा दुई दिन कन्सुलर सेवा प्रदान गर्नको लागि विशेष सहमति गरेको छ। सोही प्रक्रियाअनुसार नै काम हुँदै आएको एनआरएनए मकाउका प्रतिनिधि बताउँछन्।

मकाउ विशेषगरी क्यासिनो तथा गेमिङ हब भएको हुँदा सम्पूर्ण पैसा क्यासनोमा डुबाउने राहदानी जस्तो महत्वपूर्ण कागजात बनाइदिन्छु  भन्दै गलत प्रचार प्रचारप्रसार गरेको आर्थिक ठगी नक्कली धन्दामा संलग्न समूहले सर्वसाधारणलाई राहदानिबिहिन बनाएको अवस्था आएको भनी संस्थागत रुपमा नै प्रक्रियामा जानका लागि पनि एनआरएनले अपिल गरेको थियो। तर गुरुङको समूहले मनपरी गरिरहेको तथ्य फेला परेको हो।  गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद चीनको विशेष प्रशाशनिक क्षेत्र मकाउले यस विषयमा विज्ञप्ति जारी गरेर पनि स्पष्ट गरेको थियो।

 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्