Nic Ad Nic Ad
Nic Ad Nic Ad
१९औँ एसियाली खेलकुद

एसियाली खेलकुद: क्यानोइङमा नेपाली खेलाडी सेमिफाइनलमा

बिहीबार, असोज १८, २०८०

काठमाडौँ– चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितअन्तर्गत क्यानोइङमा नेपालका गणेश गुरुङ सेमिफाइनल चरणका लागि छनोट भएका छन् ।

दुई चरणको हिट्समा सहभागी भएका गुरुङ सेमिफाइनल चरणमा पुगेका हुन् । 

क्यानोइङमा १६ खेलाडी सेमिफाइलमा पुग्ने प्रावधान छ । पहिलो हिट्समा १६ खेलाडी सहभागी भएकामा उनी  १४औँ स्थानमा रहे । पहिलो हिट्सबाट आठ खेलाडी सेमिफाइनल चरणमा पुगेका थिए ।

यसैगरी दोस्रो हिट्समा नेपालका गुरुङसहित आठ खेलाडीले प्रतिस्पर्धा गरेकामा उनी  सातौँ भएर छनोटमा परेका हुन् । दोस्रो हिट्सका खेलमा सबै खेलाडी सेमिफाइनल चरणका निम्ति छनोट भएका छन् । सेमिफाइनल चरणमा १६ खेलाडी छनोट भएका छन् । छनोट भएका १६ जनामध्ये १० जनाले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । –रासस

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  २०:४३
प्रतिक्रिया दिनुहोस्