इजरायलमा ९ नेपाली घाइते, २ को अवस्था गम्भीर : परराष्ट्र मन्त्रालय
काठमाडौँ– प्यालेस्टाइनी हमला र त्यसको प्रतिउत्तरमा इजरायलीले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकहरू समेत घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
शनिवार साँझ मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै आक्रमणमा नौ जना नेपालीहरू परेका छन् त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे जनाएकाे हाे ।
मन्त्रालयले १४ जना नेपालीहरू कार्यरत रहेको फार्म पनि आक्रमणमा परेको जनाएको छ । सरकारले इजरायलीमा रहेका नेपालीहरूलाई सजग रहन र प्रशासनबाट प्राप्त सुरक्षा सावधानीहरू अपनाउन भनेको छ । मन्त्रालयले भनेको छ, “घाइतेहरूको औषधोपचार, उद्धार र सुरक्षाका लागि नेपाली दूतावासले इजरायलअधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको छ ।”
शनिवार बिहानैदेखि इजरायली र प्यालेस्टाइनी लडाकु समूह हमासबीच लडाइँ जारी छ । सुरुमा हमासले इजरायलीमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो । त्यस क्रममा हालसम्म ४० जना इजरायली र १९८ जना प्यालेस्टाइनीहरू मारिएको खबर आएको छ । त्यस्तै ७०० भन्दा बढी इजरायलीहरू घाइते भएको विवरण छ ।
इजरायलीस्थित नेपाली दूतावासले “केही नेपालीहरू घाइते भएको अपुष्ट खबर आएको र त्यसबारे थप जानकारी सङ्कलन भइरहेको” बताएको छ ।
तेल अभिभमा रहेको नेपाली दूतावास आक्रमणमा परेका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग नजिकको सम्पर्कमा रहेको बताइएको छ ।