Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्यालेस्टाइनी–इजरायल युद्ध

इजरायलमा रहेका नेपालीलाई सम्पर्क गर्न अनुरोध [हटलाइन नम्बर]

शनिबार, असोज २०, २०८०

काठमाडौँ– सरकारले इजरायलमा भएको आतङ्कवादी हमलाको निन्दा गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको छ । साथै सरकारले हमलामा अमूल्य जीवन गुमेकामा तथा धेरै मानिस घाइते दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले इजरायल सरकार तथा त्यहाँका जनताका साथै हमलामा परी जीवन गुमाएकाहरूका परिवारप्रति गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेको छ । नेपाल सरकारले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । 

सरकारले इजरायलमा रहेका नेपालीलाई सम्पर्क गर्न अनुरोध गर्दै सम्पर्क व्यक्ति र फोन नम्बर सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार नेपाली दुतावस ९७२(०)३५१६८०८५, राजदूत कान्ता रिजाल ९७२५४५८६४४२३, प्रथम सचिव अर्जुन घिमिरे: ९७२५४५८६४४२३ र इमेल गर्नसमेत अनुरोध गरेको छ ।

इजरायलको वर्तमान स्थितिलाई दृष्टिगन गरी त्यहाँ सहेका सबै नेपालीलाई सतर्क रहन तथा सम्बद्ध अधिकारीले दिएका सुरक्षा उपायको अक्षरसःपालन गर्न सरकारले अनुरोध गरेको छ । इजरायलस्थित नेपाली दूतावासको सम्पर्क विवरण पनि सरकारले उपलव्ध गराएको छ । 

प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  २१:४६
प्रतिक्रिया दिनुहोस्