Nic Ad Nic Ad
Nic Ad Nic Ad

अभिनेता अनमोल केसीलाई थुनाउने सुदर्शन थापा प्रहरीको फरार सूचीमा, यस्तो छ काण्ड

आइतबार, असोज २१, २०८०

काठमाडौंअभिनेता अनमोल केसीलाई आपराधिक लाभ लिएको अभियोगमा पक्राउ गराउने फिल्म निर्देशक सुदर्शन थापा प्रहरीको फरार सूचीमा परेका छन्। उनीसँगै मिलन श्रेष्ठ पनि फरार सूचीमा रहेका छन्।

samridhi jewllers

प्रसाद२ फिल्मका निर्माता सुदर्शन बस्नेतलाई डेढ करोड क्षति हुनेगरी मन्जुरीबिना नै विभिन्न देशमा फिल्म देखाएर हानी नोक्सानी पुराएको अभियोगको फरार सूचीमा थापा र श्रेष्ठ छन्।

तीन जनाविरुद्ध परेको उक्त उजुरीमा उल्लेख भएका अर्का अभियोग लगाईएका ओम प्रकाश अग्रवाललाई भने प्रहरीले पक्राउ गरी अदालतमार्फत चार दिन म्याद थप गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार पक्राउ गरिएका अग्रवालसहित सुदर्शन थापा र मिलन श्रेष्ठसमेतले स्वदेश तथा विदेशमा चलचित्र प्रशारण गरी डेढ करोड हानी गरेको भनी उजुरी परेको थियो।

१० साउन ०८० मा सरकारी वकिलको कार्यालयमार्फत उजुरी दर्ता गराईको थियो। प्रहरीमा १५ भदौमा दर्ता भएको उजुरीका आधारमा पक्राउ गरी कारबाही थालिएको परिसरले जनाएको छ। सोही उजुरीमा निर्देशक थापाको नाम पनि उल्लेख छ।

उनी प्रसाद२ फिल्मका निर्देशक रहेका थिए।

थापा उनै हुन् जसले फिल्म रावायण अभिनयका लागि दश लाख रुपैयाँ अनमोल केसीलाई दिएको र फिल्म खेल्न आनाकानी गर्दै आएपछि आपराधिक लाभमा उजुरी दिएका थिए।

उनका कारणले निर्माण युनिटले अहिलेसम्म करिब डेढ करोड खर्च गरिसकेको थापाको दाबी थियो। थापाले रावायणका लागि निर्देशक आफू रही पत्नी सुप्रिया कटवाललाई निर्माताका नाममा राखेका थिए। उजुरी पनि कटवालकै नामबाट हालिएको थियो।

थापा नेपाली फिल्म क्षेत्रमा निक्कै घमन्डी र घामट निर्देशकका रुपमा परिचित छन्। आखिर उनले जे मुद्दामा उजुरी हालेका थिए, त्यो भन्दा अघि नै आपराधिक लाभको मुद्दामा सरकारी वकिलमार्फत उजुरी परिसकेको थियो।

राजनीतिक र प्रहरीसँगको सम्बन्धका कारण अहिले पनि फरार सूचीमा राखिएका उनी केही दिन अघि मात्र एउटा टेलिभिजन अन्तरवार्तामा देखिएका थिए। प्रहरीले उनलाई किन पक्राउ गरिरहेको छैन, उनी खुलेआम अन्तरवार्ता दिँदै हिँडेका छन्, उनीविरुद्ध उजुरी हाल्नेहरु सोध्छन्,‘हामीलाई परेको नोक्सानीको भर्पाई गराउन माग गर्दछु।

काठमाडौंमै रहेका थापालाई किन प्रहरी देख्दैन? जबकि अनमोल केसी थुनामुक्त हुनासाथ पनि उनले प्रतिक्रिया जनाएका थिए।

उनले मोटो पारिश्रमिक माग्नुअघि आफूलाई पूर्णरुपमा तयार पार्न र आफ्नो कारणले निर्मातालाई पर्न सक्ने क्षतिप्रति गम्भीर बन्न आग्रह गरेका थिए।

उनले लेखेका थिए,‘नैतिकता र मानवताको धर्मलाई आत्मसात गर्दै आफ्नो पेशागत धर्म र मर्यादामा रहन कलाकार भाइबहिनीलाई मेरो व्यक्तिगत सुझाव दिन चाहन्छु। मोटो पारिश्रमिक माग गर्नुभन्दा पहिला आफूलाई पूर्णतया तयार गर्न र तोकिएको समयसीमाभित्र आफूलाई हरेक पक्षबाट तयार गरी निर्माण टिमलाई आफ्नो कारण पर्न सक्ने क्षतिबाट जोगाउन विनम्र अनुरोध गर्दछु।

सिसाको घरमा बसेर त्यहिँ ढुंगा हान्ने थापा आफैं त्यस्तै मुद्दाको फरार सूचीमा रहेर गुप्तबासमा हुनु कुनै संयोग हो र?

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्