Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्यालेस्टाइनी–इजरायल युद्ध

इजरायलमा आक्रमण : १० नेपाली मारिएको राजदूतावसको पुष्टि

आइतबार, असोज २१, २०८०

काठमाडौँ– इजरायल–प्यालेस्टाइनको सीमा क्षेत्र गाजामा हमास विद्रोहीको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । 

आइतबार साँझसम्म हमास विद्रोहीको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको र अन्य तीन जना घाइते भएको इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरेकी छन् ।

israil_nepali dead1696778230.jpg

राजदूत रिजालका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण प्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

त्यस्तै, सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी, गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यसमध्ये टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । 

neapal_israel1696778230.JPG

इजरायलस्थित नेपाली राजदूतावसले ‘मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेका बताएको छ । अन्य घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडोभन्दा चाँडो उद्दार गर्न प्रयासर गरिरहेको राजदूतावसल छ ।

यता परराष्ट्रमन्त्री एनपी साउदले आइतबार प्रतिनिधिसभामा दिएको जानकारी अनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । त्यस्तै, २६५ जना विद्यार्थी छन् । उनीहरुमध्ये १७ जना गाजा क्षेत्र नजिक दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने क्षेत्रमा भएको आक्रमणमामा परेको भन्दै परराष्ट्र मन्त्री साउदले भनेका थिए,‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद्यार्थीहरू सम्पर्कविहीन भएका छन् ।’

nepali students11696778347.jpg

राजदूतावासको अनुसार यो स्थान गाजा क्षेत्रबाट नजिक रहेका र त्यही हमास समूहबाट आक्रमण भएकाले १७ जना नेपालीहरू मध्येबाट २ जना सकुशल रहेको तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार