इजरायलमा ज्यान गुमाएका नेपालीको शव ल्याउने तयारी
काठमाडौं- इजरायलमा हमास समूहको आक्रमणमा परेर ज्यान गुमाएका नेपालीको शव स्वदेश ल्याउन सरकारले तयारी थालेको छ।इजरायलमा अहिलेसम्म १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली राजदूतावास तेल अभिभ, इजरायलबाट प्राप्त पछिल्लो जानकारी अनुसार इजरायलको गाजासँगको सीमाना लगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० जना नेपाली नागरिकहरुले ज्यान गुमाएका, एक जना सम्पर्क विहिन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि भएको छ। मृतकहरुको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको दूतावासले जनाएको छ।
मृतकहरुको शव पहिचान गरी नेपाल ल्याउन एवं घाइतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० ०८:३१
प्रतिक्रिया दिनुहोस्