इजरायलबाट फर्किन चाहने नेपालीकाे विवरण संकलन सुरु
काठमाडौं- नेपाल सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीको विवरण संकलन थालेकाे छ। इजरालयस्थित नेपाली दूतावासका अनुसार त्यसका लागि नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनका लागि अनलाइन रजिष्ट्रेसनको व्यवस्था गर्न लागिएको हो।
नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि छिट्टै अनलाइन दर्ताको व्यवस्था गरिने विज्ञप्तिमा जनाइएको छ।
शनिबार हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु थियो। यस्तै ४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र एक सम्पर्कविहीन छन्।
मृतक १० जनाको शव ल्याउन इजरायल सरकारसँग समन्वय गरिरहेको पनि दूतावासले जनाएको छ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० ०९:२५
प्रतिक्रिया दिनुहोस्