Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्यालेस्टाइनी–इजरायल युद्ध

‘इजराइली सहर नियन्त्रणमा, ३ लाख बढी जगेडा सैनिक परिचालन’ 

सोमबार, असोज २२, २०८०

जेरुसेलम– इजराइली सेनाले गाजा सीमा नजिक रहेका सम्पूर्ण इजराइली सहरलाई नियन्त्रणमा लिएको बताएको छ । दक्षिणी इजराइलबाट हमास आतङ्ककारीहरूलाई लखेट्न भएको सङ्घर्षको तेस्रो दिनमा इजराइली सेनाले त्यस्तो दाबी गरेको हो ।

“गाजापट्टी छेउछाउमा रहेका समुदायहरूमाथिको नियन्त्रण पुनःप्राप्त भएको छ”, इजराइली प्रतिरक्षा फौज (आइडीएफ)का प्रवक्ता डेनियल हगारीले पत्रकारहरूसँग भने । यद्यपि उनले त्यहाँ अझै पनि आतङ्ककारीहरू हुनसक्ने बताए ।  

हगारीले इजराइल र गाजाबीचको पर्खाललाई ट्याङ्क र विमानहरूले सुरक्षित बनाउने बताए । इजराइली समुदायहरूमा आक्रमण गर्दा शनिबार हमास लडाकुहरूले उक्त पर्खाल भत्काएका थिए । 

हमासका लडाकुहरूले आक्रमण गरेको केही घन्टामै इजराइलले जगेडामा राखिएका तीन लाखभन्दा बढी सैनिकहरूलाई परिचालन गर्ने गर्ने घोषणा गरेको थियो । 

शनिबार बिहान गाजापट्टीबाट हमासका लडाकुहरूले मध्य र दक्षिणी इजराइलमा तीन हजारभन्दा बढी रकेट आक्रमण गरेका थिए । इजराइलले गाजामा जवाफी हवाई आक्रमण गर्यो । 

हमासको रकेट आक्रमणमा परी इजराइली अधिकारीहरूले कम्तीमा सात सय नागरिक मारिएको र दुई हजार तीन सयभन्दा बढी घाइते भएको बताएको छ । 

आक्रमणका क्रममा लडाकु समूहले गाजामा एक ३० भन्दा बढीलाई बन्धक बनाएको दाबी गरेको छ । इजराइलले गरेको जवाफी हमलामा ७८ नाबालिगसहित कम्तीमा चार सय ९३ प्यालेस्टिनी मारिएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ । 

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्