Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेको टाङमुनि छिरेका थिए, युवा संघले कालोमोसो दलिदिएः दुर्गा प्रसाईं फन्डाका रोचक तथ्य

मंगलबार, असोज २३, २०८०

काठमाडौंनेकपा एमालेनिकट राष्ट्रिय युवा संघका कार्यकर्ताले कालोमोसो दलेपछि विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईं यतिबेला सामाजिक सञ्जालमा व्यापक छन्।

प्रसाईंले यसपछि एमालेमाथि व्यापक प्रहार गर्न थालेका छन्। यस्तो परिदृश्य देखिन्छ कि एमाले भर्सेस दुर्गा प्रसाईं जस्तो स्थिति देखिएको छ।

एमाले पोलिटब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेतले प्रसाईंलाई चेतावनी दिँदै भनेका छन्,‘बैक तथा बित्तिय संस्थालाई चुनौति दिने, बिभिन्न समुदायलाई देश निकाल्छु, कालोमोसो दल्छु भन्ने आपराधिक कर्म गर्ने दुर्गा प्रसाईंलाई युवाहरूले आज तह लाएछन्। अब सुध्रीउ, अरुलाई दोष नलगाउ। यस्तालाई सरकारले कारबाही गरोस। जन प्रतिरोध हुनु राम्रो होइन। युवा संघको तागत ननाप प्रसाई!

कतिपय राजनीतिक दलका कार्यकर्ता प्रसाईंमाथि कुनै न कुनै प्रकारको प्रहारको तयारीमा नभएका होइनन्। केन्द्रीय राजनीतिक शक्तिसँग जोडिएका तर फन्डा गर्नका लागि पछि नपरेका प्रसाईंका यसअघिका बेनाम विवादीत किस्सा छन्।

दुबईसम्म पुगेर मानिसको उद्दार गरेको स्वघोषणा गरेका प्रसाईं पछिल्ला पटक व्यापारी व्यावसायीसँग आमने सामने भएर चर्को विवादमा छन्। उनै प्रसाईंका केही किस्सा बारे चर्चा गरौं।

  • मेडिकल कलेजको सम्बन्धन लिनका लागि प्रसाईंले अनेकथरी नगरेका होइनन्। नेकपा हुनुअघि एमाले अध्यक्ष केपी शर्मा ओली र हालका प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई घरमा बोलाएर मार्सी चामलको भात खुवाए। आफैं तस्बिर खिचेर भाइरल गराए अनि भने,‘ड्राइभरले पोस्ट गरेछ!
  • प्रसाईंले मेडिकल कलेजको सम्बन्ध लिनका लागि नै एमालेभन्दा अगाडि प्रचण्डसँग सम्बन्ध स्थापित बनाउने कोशिश गरेका थिए। ज्वाँई जीवन आचार्य र छोरी गंगा दाहालमार्फत प्रचण्डसम्म पहुँच त बनाए तर गोविन्द केसीको आन्दोलनका कारण सम्बन्धन दिन सक्ने स्थिति नरहेका कारण निर्णय हुन सकेन। पछि, प्रचण्डको सत्तोश्राप मात्र गरेनन् ज्वाईँ आचार्य र छोरी गंगाको घर बनाउँदा रकम लगानी गरेको अफवाह पनि फैलाए, युट्युव र मिडियाको भरपूर दुरुपयोग गर्दै।
  • नेकपा विभाजनपछि प्रचण्डलाई बुवा भन्ने प्रसाईँ ओलीलाई हजुरबा भन्दै एमालेको केन्द्रीय सदस्यसम्म बने। ओलीको छत्रछायाँमा एमालेमा रहेका उनले चुनावमा प्रतिनिधि सभाको टिकट नपाएपछि दशौं महाधिवेशनमा आफूले लगानी गरेको भनी अर्को फन्डा झिके। अनि, एमालेले कारबाही गरेपछि आफैंले छाडेको भनी घोषणा गरे।
  • प्रसाईँ यस्ता फन्डाबाज हुन् कि खुमलटारसँग बुवा, बालकोटसँग हजुरबुवाको नातासाइनो गाँसे, डा. गोविन्द केसीलाई त मर्नुपर्नेसम्मको अमानवीय टिप्पणी मात्र गरेनन् बिरोधमा लगानी गरेर अर्कालाई अनशनसम्म बसाए।
  • शिक्षा आयोगका उपाध्यक्षले २० करोड घुस मागेको अर्को फन्डा तयार पारे। त्यसमा पनि पराजित भए, सम्बन्धन नपाएपछि बैंक र बित्तिय संस्थाले ब्याजको रकम धमाधम माग गर्न थाले। अनि, उनी त्यसका विरोधमा आन्दोलनको शंखघोषमा उद्दत भए।
  • कम्युनिस्ट नेताको छहारीमा राजनीतिक ओत नपाएपछि प्रसाईंले मेची महाकाली अभियानका नाममा झापा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रमुख अतिथि बनाएर अघि बढे। पछि उनै राजालाई बदनाम हुनेगरी अभियानका नाममा कालोमोसो दस्तादेखि अनेक गठन गरेको घोषणा गर्न थाले।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ११:२५
प्रतिक्रिया दिनुहोस्