Nic Ad Nic Ad
Nic Ad Nic Ad
राष्ट्रसंघका महासचिवकाे भ्रमण स्थगित

राष्ट्रसंघ महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

मंगलबार, असोज २३, २०८०

काठमाडौँ– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपालमा हुने भनिएको भ्रमण स्थगित भएको छ ।

गत शनिबारदेखि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको युद्धका कारण महासचिव गुटरेसको यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आज जानकारी दिएकी हुन् । 

परराष्ट्र मन्त्रालयले महासचिव गुटरेसको नेपाल भ्रमण केही समयमै पुनः तय हुने जनाएको छ ।

प्रवक्ता लम्सालका अनुसार महासचिव गुटरेसको नेपाल भ्रमण छिट्टै हुनेछ ।  गुटरेसले आगामी असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको थियो ।  

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १९:५५
प्रतिक्रिया दिनुहोस्