नेभिगेशन
समाज विविध

आज यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ - हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभावले हाल कोशी र मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज राति भने कोशी, मधेस र बागमती प्रदेशका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

चन्द्रकला पौडेल सचिवमा बढुवा

दानव नदीमा तीन बालक बेपत्ता