अफगानिस्तानमा फेरि गयाे शक्तिशाली भूकम्प
काबुल - केही दिनअघिको शक्तिशाली भूकम्पले हल्लाएको पश्चिमी अफगानिस्तानमा आज बिहान फेरि ६.३ म्याग्नीच्युडको भूकम्प गएको छ ।
यसअघिका भूकम्पमा परेर हेरातका दुर्गम गाउँमा २ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
त्यहाँ राहत र उद्धारका काम जारी नै छन् ।उद्धारकर्मीहरू घरका भग्नावशेषमा पुरिएका मानिसको खोजी गरिरहेका छन् ।
यहीबीच आज बिहान ५ बजेको आसपासमा तीनवटा शक्तिशाली भूकम्पका धक्का महशुस गरिएको अमेरिकी भूगर्भ केन्द्रले जनाएको छ ।
यस भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी प्राप्त भइ नसकेको टोलो न्यूजले जनाएको छ । लगातारका परकम्पले अफगानिस्तानमा त्रासको वातावरण छ ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०८० १०:४६
प्रतिक्रिया दिनुहोस्