एसीसी यू–१९ प्रिमियर कप इरानविरुद्ध नेपालको २७४ रनको फराकिलो जित
काठमाडौं- एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध फराकिलो जित निकालेको छ । नेपालले २७४ रनको फराकिलो जित निकालेको हो ।
बिहीबार मलेसियाको बांगीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ३५४ रनको लक्ष्य पछ्याएको इरान ३०।५ ओभरमा ७९ रनमै समेटिएको थियो ।
नेपालका लागि सुवास भण्डारी र दिपक कँडेलले तीन तीन विकेट लिए । भण्डारीले ८ दशमलव ५ ओभर बलिङ गर्दै जम्मा ६ रन दिए भने ७ ओभर बलिङ गरेका कँडेलले ४ रन मात्रै दिएका थिए ।
यस्तै ७ ओभरमा १९ रन खर्चिएर हेमन्त धामीले २ र ३ ओभरमा २७ रन खर्चिएर आकाश चन्दले २ विकेट लिएका थिए।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १३:०४
प्रतिक्रिया दिनुहोस्