सु:खद पल : इजरायलबाट ४ दिनको सक्रियतामा नेपाल फर्किदै नेपाली
काठमाडौं- इजरायलबाट नेपाल फर्किन चाहाने २ सय ५० जना नेपालीको उद्धार गरिएको छ ।
इजरायलमा बस्ने नेपालीहरुको पूर्ण सक्रियतामा लगातार चार दिनको प्रयासमा उनीहरुको उद्धार गरिएको हो ।
इजरायलबाट २ सय ५० जना नेपाली विमानमा सवार छन् । उनीहरु इजरायलस्थित तेलअभीभ विमानस्थलबाट नेपालतर्फ उडिरहेका छन् । विमान आजै राति सवा ९ बजे त्रिभुवन विमानस्थल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली विद्यार्थी ल्याउनको लागि परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली गएराति इजरायल प्रस्थान गरेको थियो ।
इजरायल र गाजाबीचको युद्धका कारण इन्टर्नसीप गर्न इजरायल पुगेका नेपाली विद्यार्थीहरू स्वदेश फर्किन लागेका हुन् । स्वदेश फर्किनका लागि ३०० भन्दा बढी नेपालीले अनलाइन आवेदन दिएका छन् ।
इजरायलमा समस्यामा परेका नेपालीहरूको जहाज चार्टड गरेर नेपाल ल्याउने निर्णय सरकारले गरेको थियो । सोही आधारमा पहिलो चरणमा आज राति नेपाल आइपुग्न लागेका हुन् ।
२५० नेपाल फर्कनै लाग्दा खेमराज कट्टेलले फेसबुकमा यस्तो लेखेका छन् :
एउटा दुखद पल । एउटा सुखद पल । एउटा कर्तब्य
लगातारको चार दिनको सकृयता, तनाब र कर्तब्य आजबाट पुरा गरियो । कहिले यस्तो फेरी नहोस् ।
इजरायलमा रहेका नेपाली साथीहरु धेरैको भुमिका, साथ र सकृयताले नै आज यो सम्भव भयो । दुखका कुरा धेरै छन, गुमाईयो केहिलाई तर पनी उच्च मनोवल बढाउदै बाचेकालाई थोरै भए पनि खुसि अनुहारमा दिलाउन सफल भईयो ।
जिन्दगी लामो छ भाई बहिनिहरु राम्ररी जानुहोला, जिन्दगीको मोडमा कुनै दिन भेट भएछ भने दुख र सुखका कुरा लेखौला बाढौला साटौला ।
ति १० जना मृतक भाईहरुका चितकार आवाज, दुखमा झरेका आँशुले कति दिन सताउछ थाहा छैन तर यस्तो अवस्थाको कथा अब सधैलाई बन्द बन्द बन्द बन्दनै हुनुपर्छ ।
यो अभियानमा एक टिम भएर लाग्ने खट्ने सबै र विशेस एउटा पिल्लरको भुमिका खेल्ने आदरणिय दाई Dipak Prasad Oli लाई सम्भवत इजरायलका नेपालीहरुले कहिल्यै भुल्ने छैनन् ।
नाम मेन्सन गर्नुनै पर्ने धेरै हुनुहुन्छ तर पनि छुटाउनै नसकिने नाम Nepal Embassy Tel Aviv Bikalp Shahi Parshu Niraula Shree Krishna Bhandari Bless Bless Aain Yongya Limbu Prabin Angbung Limbu Pemba Dolma Hyolmo Sunita Gurung Arun Lama लगायत अन्य धेरैको योगदान सम्झन लायक रहेको छ । यस्तै ५२ जना रहेको इजरायल नेपाली फुटवल टिमको एकता यसपटक बिर्षनै नसकिने बन्यो ।
इजरायलमा रहेका सबैको सहकार्य, नेपाली मिडिया र नेपालमा रहेका मिडियाका साथिहरुको सहकार्यले नै यो सम्भव रहेको कुरा नकार्न सकिदैन ।।
अनत्यमा भाईबहिनीहरुलाई शुभयात्रा । घाईतेहरुको शिध्रस्वास्थ लाभको कामना ।