नेभिगेशन
खेलकुद
विश्वकप फुटबल छनोट

विश्वकप छनोट : नेपाल लाओससँग बराबरीमा रोकियो

काठमाडौँ– विश्वकप फुटबल छनोटअन्तर्गत अहिले नेपाल र लाओसबीच खेल बराबरीमा राेकिएकाे छ । 

घरेलु मैदान त्रिपुरेश्वरस्थित दथरथ रङ्गशलामा आज जारी खेलमा नेपाल र लाओसबीच खेल बराबरीमा राेकिएकाे हाे ।

खेलकाे मध्यान्तरपछि नेपालका तर्फबाट अन्जन विष्टले खेलको ४८ औँ मिनेटमा गोल गर्न सफल भएपछि नेपाल बराबरीमा राेकिएकाे हाे ।

मध्यान्तर अघिको खेलमा लाओसले १–० गोलको अग्रता लिएको थियो । खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका हुन् । 

नेपालले अबकाे दाेस्राे खेल लाओसमा खेल्नेछ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद