Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्यालेस्टाइनी–इजरायल युद्ध

इजरायली आक्रमणमा मृतकको सङ्या १ हजार ४१७ पुग्यो

बिहीबार, असोज २५, २०८०

गाजा– गाजामा जारी इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या एक हजार ४१७ पुगेको छ भने अन्य छ हजार २६८ जना घाइते भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायलले बिहीबार पनि गाजा पट्टीका विभिन्न क्षेत्रमा हवाई आक्रमण जारी राखेको छ । 

इस्लामिक रेजिस्टेन्स मुभमेन्ट (हमास)ले शनिबार गरेको ठूलो आक्रमणको प्रतिक्रियास्वरुप उक्त हवाई आक्रमण गरिएको हो । इजरायलको सार्वजनिक प्रसारक कानले इजरायली मारिनेको सङ्ख्या एक हजार ३०० भन्दा बढी पुगेको जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  २०:५२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार