कोशीबाट कांग्रेसमा फुट : एमालेको समर्थनमा शेखर समूहका केदार कार्की मुख्यमन्त्री नियुक्त
काठमाडाैं - कांग्रेसको विद्रोही समूहका केदार कार्की कोशी प्रदेशको नयाँ मुख्यमन्त्री बनेका छन् ।
प्रदेश प्रमुखले कार्कीलाई समर्थन गरेका बहुमत सांसदहरूकाे आज सनाखत गरेसँगै कार्की मुख्यमन्त्रीमा नियुक्त हुने भएका हुन्।
मुख्यमन्त्रीका लागि केदार कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबो पनि दाबी गरेका थिए। हिजाे दुवै आकाङ्क्षीकाे पक्षामा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै प्रदेश प्रमुखले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखतका लागि समय ताेकेका थिए।
तर, आङबो पक्षका समर्थक सनाखतका लागि उपस्थित भएनन्। सनाखतमा बहुमत पुष्टी भएसँगै अब प्रदेश प्रमुखले कार्कीलाई संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्ने छन्।
प्रकाशित मिति: शनिबार, असोज २७, २०८० १०:१४
प्रतिक्रिया दिनुहोस्