Nic Ad Nic Ad
Nic Ad Nic Ad

न्यायालयमा भौतिक सुविधा र सेवाग्राहीको सहज पहुँच हुनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

आइतबार, असोज २८, २०८०

काठमाडौँ– प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयको सुधारमा निरन्तर लागिरहेको बताएका छन् ।

आइतबार ललितपुरमा उच्च अदालत पाटनको नवनिर्मित भवनको उदघाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउनका लागि न्यायालयको सुधारमा निरन्तर लागिरहेको बताएका हुन् ।

उनले न्यायालयप्रतिको आस्था वृद्धि गर्न न्याय सेवा प्रवाह छिटोछरितो हुनुपर्ने र भौतिक सुविधाका साथै न्यायालयमा सेवाग्राहीको सहज पहुँच हुनुपर्ने धारणा राखे ।

उनले दुई वर्ष पुराना मुद्दा किनारा लगाउने उद्देश्यले अभियानकै रुपमा काम गरिरहेको पनि बताए । रिक्त भएका तीनवटै तहका न्यायालयमा न्यायाधीश  नियुक्ति प्रक्रिया प्रारम्भ भएको उनको भनाइ छ ।

५८ करोड रुपैयाँको लागतमा बनेको भवनमा १२ वटा इजलास कक्षको व्यवस्था गरिएका उच्च अदालत पाटनले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्