Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न सकेन’

आइतबार, असोज २८, २०८०

लुम्बिनी– नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाएका छन् ।  

प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रको चिरफार गर्नुपर्नेमा जोड दिए । उनले भने,  “आन्तरिक ऋण बढ्दै छ, तलब, सामाजिक सुरक्षा कोष, निवृत्तिभरण रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ ।” 

उपाध्यक्ष पौडेलले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले राम्रो काम गर्दासम्म एमालेको साथ रहने बताए ।a

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १९:५३
प्रतिक्रिया दिनुहोस्