नेभिगेशन
समाचार
कोशी प्रदेश विद्रोह

कोशी विद्रोहले शेखर समूहमा ‘फूट’

काठमाडौं नेपाली कांग्रेसभित्र कोशी प्रदेश विद्रोहले आन्तरिक समीकरणमा नै समस्या देखिएको छ।

सभापति शेरबहादुर देउवाइतर समूह भनेर चिनिने शेखर कोइराला र महामन्त्री गगन थापाबीच नै समस्या देखिएको हो।

एमालेको समर्थनमा कोशी मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त भएका छन् जसलाई थापाले स्वीकार गर्न सक्ने स्थिति रहेको छैन।

पार्टीभित्र देखिएको समस्या आन्तरिक छलफलबाट टुङ्गो लगाउनुपर्ने भए पनि कोइराला सल्लाहबिना नै अगाडि बढेको थापाको भनाई छ।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि उक्त निर्णयको विपक्षमा उभिएका छन्। थापाले प्रतिक्रिया नदिए पनि शर्माले यस विषयमा टिप्पणी गरेका छन्।

शर्मा भन्छन्,‘घरमा समस्या भयो भनेर छिमेकीसँग लहसिने कुरा आउँदैन, आन्तरिक सल्लाह गरी समस्याको समाधान गर्नुपर्छ।

कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसको भागमा परे पनि समस्या समाधानका लागि भन्दै सभापति देउवाले माओवादी केन्द्रका इन्द्र आङ्वोका पक्षमा सहमति गरेका थिए।

माओवादीले जे भने पनि स्वीकार गर्नुपर्ने स्थिति मात्र नभएर कांग्रेस माओवादीको कार्यकर्ता जस्तो भएको भनी कोइराला समूहले विद्रोह गरी कार्कीलाई मुख्यमन्त्रीमा अगाडि सार्दा एमाले समर्थन पायो।

कार्कीले मन्त्रिपरिषदको आकार समेत दिएका छन्। पूर्णरुपमा विस्तार गर्न भने बाँकी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार