Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले र कांग्रेसको शेखर समूहबीच केन्द्रसम्मै सहकार्य गर्ने सहमति, प्रचण्ड सरकार धरमरमा

सोमबार, असोज २९, २०८०

काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच केन्द्रसम्म नै सहकार्य गर्ने सहमतिको खुलासा भएको छ।

कोशी प्रदेशमा कोइराला पक्षका केदार कार्कीलाई मुख्यमन्त्रीमा एमालेको समर्थसँगै यस्तो सहमतिको खुलासा भएको हो। यो सहमतिसँगै झिनो बहुमतमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार धरमरमा परेको छ।

यो सहमतिले कांग्रेसको नेतृत्वमा संघीय सरकार गठन हुने वातावरण बनेको छ भने एक बर्षका लागि प्रधानमन्त्री बन्ने भन्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अपेक्षामा तुसारापात लाग्ने भएको छ।

कांग्रेसको प्रधानमन्त्री बन्ने स्थितिमा संसदीय दलका नेता रहेका कारण शेरबहादुर देउवा नै अगाडि सारिने कोइरालाले बताइसकेका छन्।

नयाँ किसिमको सहमति गरेर एमालेसँ सहकार्य गर्न सकिन्छ, स्रोतले भन्यो,‘एमालेलाई मूलधारको राजनीतिबाट अलग राख्न नसकिने कसीका आधारमा नै सहमति बनेको हो।

एमाले अध्यक्ष ओली र कांग्रेसका कोइरालाको रोहबरमा भएको सहमतिमा प्रदेशदेखि राष्ट्रिय सरकार निर्माणमा समेत मिलेर अघि बढ्ने प्रतिबद्धता जनाइएको सांसद सञ्जय गौतमले जानकारी दिएको सतहमा आएको छ।

एमालेसँग लिखित सहमति छ, त्यसलाई हामी विखण्डित हुन दिँदैनौ, शेखर पक्षीय नेता गौतमलाई उदृत गर्दै कतिपय समाचार पोर्टले लेखेका छन्,‘हामीले एमालेलाई धेरै टाढा राखेर हुँदैन भन्ने निष्कर्षसहित सहकार्य गरेका हौँ। एमालेलाई धोका दिँदैनौं। उसैले हामीलाई कोशीको सत्तामा पु¥याएको हो।

यहि सहमतिको सूचना पाएपछि सभापति देउवाले उपसभापतिदेखि महामन्त्रीसम्मको बैठक डाकेका छन्। कोइराला एक कदम अगाडि बढेको र अब के गर्ने भन्ने सन्दर्भमा बैठकमा कुराकानी हुने देउवानिकट नेता बताउँछन्।

कोइरालाको कदमले सत्ता गठबन्धनमा नै फुट आउने निश्चित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभापति देउवासँग चासो राखेको बताइन्छ।

अब नेपालको राजनीतिमा फरक प्रकारको भुइँचालो जान सक्ने पनि अनुमान गरिएको छ। चाँडवाडको समयमा नै फरक परिदृश्यमा राजनीतिले मोड लिन थालेपछि कांग्रेसको कोइराला पक्षको भनिएका महामन्त्री गगन थापा पनि मौन देखिएका छन्।

पदाधिकारी बैठकबाट मात्र कसरी अगाडि बढ्न सकिन्छ भन्ने यकिन हुन्छ, अहिले नै भन्ने स्थिति छैन, देउवानिकट नेता भन्छन्,‘अहिले नै गठबन्धन भत्किने भन्ने निचोडमा पुग्न हतार हुन्छ।

त्यसो त कांग्रेसभित्रको विवादले भुसको आगोको रुप लिएपछि मिलाउनका लागि राष्ट्रपति रामचन्द्र पौडेल पनि सक्रिय भएका थिए, जसको तिव्र आलोचना भयो।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्