Nic Ad Nic Ad
Nic Ad Nic Ad

नर्वेका विदेशमन्त्री हुइटफेल्ट शेयर खरिद प्रकरणपछि बर्खास्त

सोमबार, असोज २९, २०८०

ओस्लो– नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले सोमबार विदेशमन्त्री एनिकेन हुइटफेल्टलाई शेयर खरिद प्रकरणमा बर्खास्त गरेका छन् ।

लामो समयदेखि स्टोरकी संरक्षक मानिएकी हुइटफेल्टले सन् २०२१ मा विदेशमन्त्री बनेपछि आफ्ना पतिले ‘पहिले विश्वास गरेभन्दा धेरै ठूलो परिमाणमा’ सेयर किनेको स्वीकारेकी थिइन् ।

युक्रेनमा जारी युद्धबीच नर्वेली राज्यसम्झौताबाट लाभ उठाएको रक्षा समूह कोङ्सबर्ग ग्रुपमा गरिएको लगानीले सम्भावित स्वार्थको द्वन्द्वबारे प्रश्न उठाएको थियो । “मेरो निष्पक्षतासँग जोडिएको गल्तीका लागि म क्षमा याचना गर्दछु,” ५३ वर्षीय विदेशमन्त्रीले भनिन् । 

संसदीय समितिले यस विषयमा छानबिन सुरु गरेको छ । यद्यपि प्रहरीले भने अनुसन्धानको आवश्यकता नरहेको बताएको छ ।

प्रधानमन्त्री स्टोरले पत्रकारहरूसँग कुरा गर्दै भने, “शेयर खरिद र बिक्रीको मुद्दा उहाँको बहिर्गमनको एक कारण हो तर यो एक मात्र होइन, यो एक ‘कठिन निर्णय’ थियो ।

प्रधानमन्त्रीले सेप्टेम्बरको सुरुमा भएको स्थानीय चुनावमा आफ्नो लेबर पार्टीको खराब प्रदर्शनले देखाएको मतदाताको अविश्वासले पनि भूमिका खेलेको बताए । “म एनिकेनको सन्दर्भमा के भन्न सक्छस भने आफ्नो पतिको शेयर व्यापारको बारेमा उहाँलाई थाहा थिएन“, उनले भने । 

सन् २०११–२०१२ मा जलवायु तथा वातावरण मन्त्रीको रूपमा काम गरेका एस्पेन बार्थ आइडेले हुइटफेल्टको स्थानमा जिम्मेवारी सम्हाल्ने भएका छन् । 

ह्युइटफेल्ट प्रकरण सार्वजनिक भएपछि कन्जरभेटिभ पार्टीका विपक्षी नेता एर्ना सोलबर्गका पतिले सन् २०१३ देखि २०२१ सम्म प्रधानमन्त्री हुँदा हजारौं शेयर कारोबार गरेको खुलासा भएको थियो ।

राजनीतिक विश्लेषकहरूका अनुसार, हुइटफेल्टको बहिर्गमनले स्टोरलाई सोलबर्गविरुद्ध आक्रमणमा जान सजिलो बनाउने र सन् २०२५ को चुनावमा  सत्ता पुनः प्राप्त गर्ने उनको सम्भावनालाई कम गर्ने अपेक्षा गरिएको छ । स्टोरले ती दाबीहरू अस्वीकार गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  २१:१२
प्रतिक्रिया दिनुहोस्