नेभिगेशन
विश्व

कङ्गो जहाज दुर्घटनामा मृतकको सङ्ख्या ४७ पुग्यो

किन्सासा– उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तमा चार दिनअघि झण्डै ३०० यात्रु बोकेको डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ । 

यातायातमन्त्री मार्क एकिलाले सोमबार जनाए अनुसार कङ्गो नदीमा शुक्रबार राति भएको जहाज दुर्घटनामा कम्तीमा ४७ जनाको ज्यान गएको छ भने, एक जना अज्ञात छन् । यात्रुको अत्यधिक चापका कारण सो दुर्घटना बताइएको छ । 

आइतबार जारी गरिएको भिडियो रिपोर्टमा प्रान्तका डेपुटी गभर्नर टेलर एनगान्जीले २८ वटा शव फेला परेको र पीडितका आफन्तहरूले  २६१ जना बेपत्ता भएको उल्लेख गरेका छन् ।

घटनास्थलमा पुगेका डेपुटी गभर्नरले दोषीलाई  कडा कारबाही गरिने बताएका छन् । प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुङ्गा शुक्रबार अबेर कङ्गो नदीमा रहेको प्रान्तको बन्दरगाह शहर एमबन्दका बाट ३०० किलोमिटर टाढा रहेको बोलोम्बाको लागि छुटेको थियो । यात्रुहरूको सङ्ख्या एकिन हुन सकेको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन