नेभिगेशन
खेलकुद
फिफा विश्वकप–२०२६ छनोट

लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा

काठमाडौँ– लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप–२०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

लाओसको भिएनतिएनेस्थित न्यु लाओस नेशनल स्टेडियको मैदानमा मंगलबार भएको दोस्रो खेलमा नेपालको तर्फबाट मनिष डाँगीले गरेको एक मात्र गोलले लाओसलाई १–० ले पराजित गर्दै समग्रमा २–१ ले विजयी भएको हो । 

मनिषले ५२औं मिनेटमा अन्जन विष्टको पासमा सिक्स यार्ड बक्सबाट वान टचमा गोल गरेका थिए । त्यसअघि पहिलो हाफमा दुवै टोलीले केही अवसर बनाएपनि फिनिसिङ गर्न नसक्दा अग्रता लिने अवसर गुमाएका थिए ।

यसअघि बिहीबार काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो लेगको खेल १–१ को बराबरीमा सकिएको थियो ।  अब नेपालले छनोटको दोस्रो चरणमा समूह ‘जी’ मा यूएई, बहराइन र यमनसँग होम एण्ड अवे गरेर ६ खेल खेल्न पाउने छ । 

यसअघि नै भएको दोस्रो चरणको ड्र मा यस समूहमा युएई र बहराइन थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद