Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुघाखोकी चट्टै निको पार्ने पिपला, यसरी सेवन गर्नुहोस्

बुधबार, कात्तिक १, २०८०

काठमाडौँ- तपाई‌लाई पनि लामो समय देखी रुघा र सुख्खा खोकीले सताईरहेको छ ?  आज हामी तपाईहरुलाई भान्सामै पाईने औषधीय गुणले भरिपुर्ण पिपलाको सेवनको बारेमा जानकारी दिन जादैँ छौँ । 

पिपला एक आयुर्वेदिक औषधिय गुणले भरिपुर्ण एक बनस्पती हो । यो विदेशमा मात्र नभई नेपालमा पनि समुद्रिसतह २०० देखि ८ं०० सम्मको उचाईमा पहाडी भेगमा प्रस्स्तै पाईन्छ । हामीले गाउँघरमा सहजै पहिचान गर्न सक्ने पिपला  भूँइमा फैलिएर जाने सदावहार लहरेदार विरुवा हो। यसका पातहरू मुटु आकारका हुन्छन्। 

यो खास गरी सालको जंगल, खोल्सा तथा जंगल भित्रका सेपिला र चिस्यान हुने ठाउँहरूमा हुर्कन्छ। यसको लागि वर्षा बढी हुने र गर्मी बढी हुने ठाउँ उपयुक्त हुन्छ। चून मिसिएको माटो यसको लागि राम्रो मानिन्छ।

खोकिको पनि प्रकार हुन्छ, शारिरीक कामजोरीका कारणपनि मानिसलाई लगातार खोकी लाग्ने गर्दछ । खोकीको अचुक औषधिको बारेमा जानकारी दिन जादैँछौँ विशेष तह बच्चाहरुलाई खोकी लाग्न सुरु भयो भने हतपत निको हुदैँन यस्तोमा हामीले  २ गिलास पानिमा आवश्यकता अनुसार सिरेनुन, तुलसिको पात २ देखि ३ वटा, थोरै बेसार, जिराका गेडाहरु ५ देखि ७ सात दाना हालेर  २ गिलास पानीलाई १ गिलास बनाएर विहान र सुत्ने बेला लगातार २ देखि ३ दिन सम्म  पिउँदा खोकी आफै हराएर जान्छ । यो ठुलोे र सानो व्यतिm सबैलार्ई लाभदायी छ । 

अर्को आयुर्वेदिक विधि पिपला र मह मिलाएर राती  सुत्ने बेला लगातार ३ दिन खादाँ धेरैको गडेको चिसा पनि निस्किन छ र  खोकी कम हुदैँ जान्छ । सामान्यतया मौसम परिवर्तन हुने बेला रुघाखोकी  घरको परिवार सबै मै देखिन्छ  त्यसैले घरका सदस्य सवैले राती सुत्ने बेला पिपला सहित तुलसी बेसार सिरेनुन हालेर उमालेको पानी खादाँ  सवै परिवारजनको स्वस्थमा फाइदा नै पुग्छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्