Nic Ad Nic Ad
Nic Ad Nic Ad

यू–१९ प्रिमियर कप : साउदीलाई ३ सय १ रनले हराउँदै नेपाल सेमिफाइनलमा

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं - नेपालले मलेसियामा जारी एसिसी यू-१९ प्रिमियर कपमा साउदी अरेवियालाई ३ सय १ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ। नेपाल समूह ए मा ३ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रहेर सेमिफाइनलमा पुगेको हो।

जितको लागि ३ सय ४८ रनको विशाल विजयी लक्ष्य पछ्याएको साउदी अरेविया १९.१ ओभरमा ४६ रन बनाएर अल आउट भयो। साउदीका बरुण मुदालियरले २५ बलमा सर्वाधिक ११ रन बनाए।

मोहम्मद अहमद ९ रनमा नट आउट रहे। अब्दूल्लाह शिराजले २६ बलमा ९ रन बनाए । साउदीका १० ब्याटरले नेपालको बलिङ सामु दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका दीपेश कँडेलले ९.१ ओभरमा १८ रन खर्चेर ६ विकेट लिए। आकाश चन्दले ३ ओभरमा १४ रन खर्चेर २ विकेट लिए। सुवास भण्डारीले एक विकेट लिए।

त्यसअघि मलेसियाको वाइएसडी युकेएम ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ४७ रन बनाएको थियो। नेपालको जितमा अर्जुन कुमालले १ सय ११ बलमा १७ चौका र २ छक्कासहित १ सय ४२ रनको सानदार शतकीय इनिङ खेले। यो सँगै उनी नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी बन्दै इतिहास रचेका छन्। अर्जुननै खेलको प्लेयर अफ द म्याच चुनिए ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्