Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालको लगातार दोस्रो जित, हङकङ ६ विकेटले पराजित

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं - त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपालको लगातार दोस्रो जित हात पारेकाे छ। 

दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हाे। हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२, कप्तान रोहिन पौडेलले नटआउट २५, गुल्सन झाले नटआउट १४ र कुशल भुर्तेलले ८ रन जोडे।

यसअघि नेपालले पहिलो खेलमा बुधबार युनाइटेड अरब इमिरेट्स (यूएईलाई) सात विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्