Nic Ad Nic Ad
Nic Ad Nic Ad

गैरआवासीय नेपाली संघको नेतृत्व चयनका लागि मतदान जारी

बिहीबार, कात्तिक २, २०८०

काठमाडौं - गैरआवासीय नेपाली स‌ंघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौंमा मतदान जारी रहेकाे छ।

अनलाइन मार्फत मध्यराति १२ बजे नै सुरु भए पनि काठमाडौंमा उपस्थित प्रतिनिधिले बिहीबार बिहान १० बजेदेखि सोल्टी होटलमा मतदान गरिरहेका छन्। उनीहरुले राति ८ बजेसम्म सोल्टी होटलमा पुगेर मतदान गर्न सक्ने जनाइएकाे छ। ‘फेसियल भेरिफिकेसन’का आधारमा मतदान गर्नेले राति १२ बजेसम्म मतदान गर्ने छन्।

एनआरएनएको जारी ११औं अधिवेशनका लागि कूल ४ हजार २२७ प्रतिनिधि छन्। जसमध्ये काठमाडौंमा ६ वटै क्षेत्रका ८२६ प्रतिनिधि भेला भएका छन्।जसमा अफ्रिकाबाट ११, अमेरिकाबाट १२१, एसिया प्यासेफिकबाट १९१, युरोपबाट २२९, मध्यपूर्वबाट २०२ र ओसियानाबाट ७२ जना छन्।

गैरआवासीय नेपाली संघ ८७ देशमा विस्तार भएकामा ५९ देशले नयाँ कार्यसमिति चुनिसकेका छन्। डा. बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार