Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुघाखोकी, ज्वरो, घाटीका समस्यामा अति उपयोगी रुदिलो, यसरी सेवन गर्नुहोस्

बिहीबार, कात्तिक २, २०८०

रुघाखोकी ज्वरो, घाटीका समस्यामा अति उपयोगी बुटी हो रुदिलो । यो हाम्रो बारीका पाखा, कान्ला र जंगलमा सहजै रुपमा पाईन्छ । चिसो मौसममा सबैभन्दा बढी देखिने समस्या हो, रूघाखोकी । चिसोका कारण नाकबाट पानी बग्ने, सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, हल्का ज्वरो आउने, घाँटी खसखसाउने, चिलाउने, हाच्छिँउ आउने, खान मन नलाग्ने, थकान महसुस हुने लगायतका समस्या देखिन्छ । चिसोबाट बच्न सके रूघाखोकीबाट स्वतह बच्न सहज हुन्छ ।

सामान्यता बजारमा चिसोबाट बच्न र रूघाखोकीबाट छुटकारा पाउन हामी चिकित्सकलाई नदेखाई औषधी पसलेले दिएको डिकोल्ड, साईनेक्स सहित रुघाखोकी संगै ज्वरो छ भने राईनेक्स दिने गर्दछन् ? यस्ता औषधिले हामीलाई क्षणीक राहत प्रदान गरेपनि दिर्घकालिन असर भने हाम्रा शरिरका विभिन्न भागमा पु¥याउने गरेका छन् । त्यसैले निको हुन थोरै समय लागेपनि जडिबुटि प्रयोग गरेर नै रोग निको बनाउन सकिन्छ । केही यस्ता घरेलु औषधिहरू छन् जसको प्रयोगेले रुघाखोकीबाट बच्न मर्दट गर्दछ । यस्ता छन् घरेलु औषधिय गुण रूदिलोका फाईदा रुघाखोकीको घरेलु औषधि रूदिलोको उपयोग कसरी गर्ने भन्ने कुराको जानकारीको अभावमा सस्तो सर्बसुलभ औषधि त्यसै खेर गइरहेको देखिन्छ ।

हाम्रो गाउँघरमा पाइने रुदिलोलाई पानीमा पकाएर हरेक दिन यसको सुप खान सके रुघाखोकी र चिसोबाट निम्तिने जस्तो सुकै श्वास प्रश्वास सम्बन्धी समस्या समाधान हुन्छ । तर तपाईलाई प्रेसर लो छ भने यसको काडा सेवन गर्नुहुदैँन । तर रुदिलो उमालेर बाफ लिन सक्नुहुने छ । विहार र सुत्ने बेला यसो गर्नुभयो भने तपाईको रुघा चट्टै निको हुन्छ ।

रूघाको उपचारमा प्रयोग गर्न सकिने अन्य यस्ता आयुर्वेदिक औषधिय विधिहरु पनि छन् ।

१. हरेक दिन बिहानै खाली पेटमा ३ ग्राम जति बेसार, रूदिलोको पात र खस्रो चिनी राखेर चिया जस्तै गरि खाएमा चिसो लाग्न बाट बच्न सकिन्छ, सुख्खा खोकी र रुघा निको हुन्छ ।

२. तुलसीको पात, रूदिलोको पात, क्यामुनाको पात समभाग मिलाउने र पकाउने स्वादको लागि थोरै चिनि राखेर पिउनाले राम्रो फाइदा गर्दछ । या रुघाखोकीबाट बच्न तुलसीको ४ ५ वटा पातलाई नियमित महमा मिसाएर खाएमा पनि रूघाखोकी निको हुन्छ ।

३.ज्वानो, वेसार, अदुवा मिसाएर पानीमा पकाएर हरेक दिन बिहान बेलुका आधा गिलास खाने गरेमा पनि रुघाखोकी निको हुन्छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्