बंगलादेशमाथि दक्षिण अफ्रिकाको सहज जित
काठमाडौं - आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध १४९ रनको सहज जित निकालेको छ ।
मंगलबार वान्खडे रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४६.४ ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाउन सक्यो ।
बंगलादेशका लागि महमुल्लाहले १११ बलमा १११ रन बनाए । त्यसबाहेक कोही पनि चल्न सकेनन् । दोस्रो उच्च योगफल २२ रन लिटन दासले बनाए ।
टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा ३८२ रन बनाएको थियो ।
दक्षिण अफ्रिका लागि क्विन्टन डी ककले १७४ रन बनाएका थिए । यसबाहेक हेइन्रिक क्लासेनले ९० र कप्तान आइडेन मार्करमले ६० रनको योगदान गरेका थिए ।
जितसँगै पाँच खेलबाट आठ अंक जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८० ०९:१०
प्रतिक्रिया दिनुहोस्