Nic Ad Nic Ad
Nic Ad Nic Ad
इजरायल–हमास युद्ध

राष्ट्रसंघमा इजरायल–हमास युद्ध राेक्ने प्रस्ताव पारित, नेपालकाे मत पक्षमा

शनिबार, कात्तिक ११, २०८०

काठमाडाैं- संयुक्त राष्ट्र संघको महासभाले इजरायल र प्यालेस्टिनी सशस्त्र समूह हमासबीच तत्काल मानवीय युद्धविराम गर्नुपर्ने प्रस्तावको पक्षमा भारी मत दिएको छ  । 

१ सय ९३ सदस्यीय महासभामा यो प्रस्तावको पक्षमा नेपालसहित १२० मत परेको थियो भने विपक्षमा १४ देशले मतदान गरेका थिए ।

भारतसहित ४५ देशले मतदान गरेनन् ।  इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्‍यो ।

न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले हमासलाई यस्तो अत्याचार गर्न दिएर आफू चुप लागेर नबस्ने बताए। उनले भने, ‘इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ । यो अधिकार प्राप्ति भनेको त्यस्ता अत्याचारहरू कहिल्यै दोहोरिन नपरोस् भन्ने सुनिश्चित गर्नु हो र यो तब मात्र सुनिश्चित हुनेछ जब हमास पूर्ण रूपमा समाप्त हुन्छ,’ उनले भने ।

उता इजरायली सेनाले शुक्रबार राति गाजामा हवाई आक्रमणलाई तीव्र पारेको छ। स्थलगत परिचालन पनि बढाइएको छ। आक्रमणका कारण गाजा क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने इन्टरनेट पनि बन्द गरिएको छ। करिब २३ लाख मानिस सम्पर्कविच्छेद भएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्