नेभिगेशन
विश्व
राष्ट्रसङ्घ महासचिव गुटेरेसकाे नेपाल भ्रमण

गाजाबाट बन्धकलाई निःसर्त रिहा गर्न महासचिव गुटेरेसको आह्वान

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् । 

नेपालको औपचारिक भ्रमणमा रहनुभएका उक्त विश्व संस्थाका महासचिव गुटेरेसले सामाजिक सञ्जालमा लेखेका छन्, “म नेपालबाट गाजामा बन्दी बनाइएका सबैलाई निःसर्त एवम् तत्काल रिहा गर्न आह्वान गर्दछु । सर्वसाधारणको हत्या, उनीहरुमाथि हुने आक्रमण र अपहरणलाई कदापि न्यायोचित मान्न सकिँदैन।” 

नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको आशङ्का गरिएको छ । आतङ्कवादी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन भएका छन् । उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । उक्त समूहले गत असोज २० गते इजरायलमाथि भीषण आक्रमण गरेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन