Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिंगापुरविरुद्ध नेपाललाई चौथो सफलता

सोमबार, कात्तिक १३, २०८०

काठमाडाैं - आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गतको खेलमा नेपालले सिंगापुरविरुद्ध चौथो सफलता हासिल गरेको छ। 

नेपालका करण केसीले पहिलो सफलता दिलाएका थिए भने दोस्रो विकेट सन्दीप लामिछानेले दिलाए । 

तेस्रो र चाैथाें विकेट भने गुल्सन झाले लिए । टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुरले खाता नखोल्दै पहिलो विकेट गुमाएको थियो । पहिलो विकेटको रुप्मा कप्तान अरित्रा दत्तले खाता नै खोल्न सकेनन् ।

गुल्सनले ३० बलफमा ४६ रनको पारि खेलेका रोहन रंगराजनलाई आउट गर्दै नेपाललाई दबाब मुक्त बनाएका थिए । त्यसपछि अमात्र्य कौललाई कटआउट गर्दै पभेलियन पठाए। उनले खाता खोल्न सकेनन् ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्