Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वकप क्रिकेट : अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले हरायो

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौं - जारी आईसीसी विश्वकपमा अफगानिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राख्दा श्रीलंका भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। अफगानिस्तानले जारी विश्वकपमा तेस्रो जित निकाल्दै ६ अंक बनाएको छ ।

भारतको महाराष्ट्र क्रिकेट स्टेडियमा भएको खेलमा श्रीलंकालाई सात विकेटले हराउँदै अफगानिस्तानले सेमीफाइनलमा पुग्ने सम्भावना कायमै राखेको हाे। टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर २४१ रन बनाएको थियो। ओपनर पथुम निसान्काले सार्वधिक ४६ रन बनाए। अफगान बलर फाजिलहक फारुकिले चार विकेट लिए।

जितका लागि २४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४५ दशमलव २ ओभरमा तीन विकेट गुमाएर २४२ रन बनायो।

त्यसमा कप्तान हसमतुल्लाह शाहिदीले ५८ र अजमतुल्लाह ओमरजाईले ७३ रन बनाए। दुवै ब्याटर नटआउट रहे र उनीहरूले १११ रनको साझेदारी गरे। यस्तै रहमत शाहले पनि ६२ रन बनाए।
जीत पछि अफगानिस्तानको ६ खेलबाट ६ अंक भएको छ र तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। १२ अंक सहित भारत पहिलो स्थानमा छ।

.

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०६:२०
प्रतिक्रिया दिनुहोस्