नेभिगेशन
समाचार
राजनीति

इन्टरनेटमा भाइरल भइरहेको रास्वपा सांसद स्वर्णिम वाग्लेलाई सोधिएका ८ प्रश्न

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकले प्रतिवाद गरिरहेका तर अन्यले सोधिरहेका ८ प्रश्न अहिले इन्टरनेटमा भाइरल भइरहेका छन्।

मुख्यतयः यी प्रश्न कसले कुन तथ्यका आधारमा सोध्यो भन्ने नखुले पनि रास्वपा सांसद स्वर्णिम वाग्लेका लागि भने काउछो बन्ने सम्भावना रहेको छ।

नेपाली कांग्रेसको चुनावी घोषणापत्रमा काम गरेका तर उपनिर्वाचनमा रास्वपाबाट तनहुँ१ मा निर्वाचित वाग्ले अर्थ राजनीतिज्ञ भन्न रुचाउँछन्।

विश्वका विभिन्न फोरममा काम गरेका तथा सहभागीता जनाएका अर्थविद् समेत रहेका वाग्लेले राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्षका रुपमा काम गरिसकेका छन्।

कांग्रेससँग आक्रामक देखिएका र प्रश्न गर्ने उनीमाथि तेर्साइएका ८ प्रश्न यस्ता छन्।

१) तपाईसँग ग्रिन कार्ड छ कि छैन? छ भने कहिले त्याग्नुभयो?

२) तपाईंले आफ्नो श्रीमती अनि छोरालाई नेपाली नागरिकता किन नदिलाउनु भएको हो?

३) बलियो नेपाल संस्था भन्नेबाट बिल एन्ड मृलिन्दा गेस्ट फाउन्डेसनको ९ करोड रुपियाँ हिनमिना भएको आरोप छ, यसमा हजुरको स्पष्टीकरण के छ?

४) तपाईले भियतनामको कुख्यात भ्रष्टाचारी कम्युनिस्ट नेताकी छोरी बिबाह गर्नुभएको रहेछ, त्यस्ता ससुराको सम्पति गैरकानुनी रुपमा नेपाल भित्राउनु भएको भन्ने आरोप छ, यसमा हजुरको स्पष्टीकरण के छ?

५) तपाई र तपाईंको श्रीमती डलरमा आम्दानी गर्ने मान्छे, गरिबीको कोटाबाट युलेन्स स्कुलमा आफू योजना आयोगको उपाध्यक्ष हुँदा छोरालाई पूर्णतः छात्रवृत्ति मा पढाउनु भएको रहेछ नि? गरिबको नाममा तपाईंको छोराले कसरी अवसर पायो?

६) तपाईंको बुबाको नाममा भएको चितवनको हाडी स्कुललाई बुद्ध एयरका मालिक बीरेन्द्रबहादुर बस्नेतलाई तपाइले थर्काएर कपरिट समाजिक उत्तरदायित्व कोष मार्फत १ करोड लिनुभएको रहेछ नि? तपाईंको निजी स्कुलले कसरी सामाजिक उत्तरदायित्व को पैसा लिन मिल्छ?

७) तपाईले आर्थिक पारदर्शिताको कुरा गर्नु हुन्छ, अहिलेसम्म कुन ठाउँमा जागिर खाँदा कति आम्दानी भयो? तलब कति थियोे र तपाईंले भियतनाम र अमेरिकामा कहाँ के कति सम्पत्ति छ भन्ने  किन देखाउनु हुदैन?

८) शसिकान्त अग्रवाललगायत माडवारी व्यापारीसँग नियमित  चन्दा संकलन गर्नुहुन्छ भन्ने आरोप छ नि के यो सत्य हो?

यी प्रश्नहरू अहिले वाग्लेका विपक्षीलगायतले निरन्तर ट्रोल गरिरहेका छन्। तर, हालसम्म वाग्लेका तर्फबाट यस विषयमा खासै उत्तर वा टिप्पणी आउन सकेको छैन।

राजनीतिक रुपमा उनी आवद्ध रास्वपाले पनि यसबारेमा केही उत्तर दिएको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार