हङकङविरुद्ध बहराइन २२ रनले विजयी
काठमाडौं - आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा बहराइनले हङकङमाथि २२ रनको जित निकालेको छ।
मूलपानी क्रिकेट मैदानमा बहराइनले पहिलो ब्याटिङ गरी १९.३ ओभरमा सवै विकेट गुमाएर एक सय ४६ रनको मध्यम योगफल खडा गरेको थियो। सहज लक्ष्य पछ्याएको हङकङ १९.१ ओभरमा एक सय २६ रनमा अल आउट भयो। बहराइनको जितमा अब्दुल मजिदले ३.१ ओभरमा सात रन खर्चेर सर्वाधिक तीन विकेट लिए।
हङकङको ब्याटिङमा अंशय राथले ३० बलमा २८ रन र जेशान अलिले २१ रन जोडेका थिए।
यसअघि ब्याटिङ गरेको बहराइनका लागि इमरान अलीले सर्वाधिक ६२ रन बटुले। उनले ४३ बलमा पाँच चौका र तीन छक्का प्रहार गरेका थिए । बराइनले २१ अतिरिक्त रन पाएको थियो।
आजै त्रिवी क्रिकेट मैदानमा भएको समूह ‘ए’को खेलमा ओमानले सिंगापुरलाई २२ रनले हराएको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८० १३:२७
प्रतिक्रिया दिनुहोस्