Nic Ad Nic Ad
Nic Ad Nic Ad

डिजेल र मट्टीतेलको मूल्य घट्यो

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौँ– नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । 

आज निगममा प्रवक्ता मनोजकुमार ठाकुरले दिएको जानकारी अनुसार बुधबार बिहान १ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको हो । 

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको ठाकुरले जानकारी दिए । उनलेले भने, ‘अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।’ 

आईओसीबाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढेर आए पनि ठूला चाडपर्वको मुखमा उपभोक्ता मूल्य नबढाउने सरकारको नीतिअनुसार पेट्रोल र खान पकाउने ग्याँसको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

विज्ञप्ति हेर्नुहोस् 

petrole-price_2023-ocr-31-1698761762.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्