नेभिगेशन
विश्व

बङ्गलादेशमा आलुको मूल्य वृद्धि रोक्न विदेशबाट आयात गरिने

ढाका– बङ्गलादेश सरकारले दक्षिण एसियाली मुलुकमा अत्यधिक खपत हुने आलुको मूल्य वृद्धिलाई नियन्त्रण गर्न आलु आयात गर्न अनुमति दिने निर्णय गरेको छ ।

वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आलुको अत्यधिक माग र स्वदेशी उपलब्धतालाई ध्यानमा राख्दै विदेशबाट आलु आयात गर्ने अनुमति दिइएको जनाएको छ । “यो निर्णय आलुको स्थानीय बजारमा आलुको अत्यधिक माग र मूल्य वृद्धिलाई शान्त पार्ने सरकारको प्रयासको एक हिस्सा हो,” विज्ञप्तिमा भनिएको छ । 

मन्त्रालयले बजारका लागि आलुको आपूर्ति बढाउनका लागि आलु आयात अनुमतिका लागि निवेदन दिन व्यवसायीलाई आग्रह गरिसकेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन