इजरायल–हमास युद्धमा मारिए ३१ पत्रकार
तेलअभिब - इजरायल–हमास युद्धमा हालसम्म ३१ जना पत्रकार मारिएको पुष्टि भएको छ। पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले ३१ जना पत्रकार मारिएको पुष्टि गरेको दि टाइम्स अफ इजरायलले जनाएको छ।
मारिने पत्रकारहरूमा २६ प्यालेस्टाइनी, चार इजरायली र एक लेबनानी रहेका छन्। आठ पत्रकार घाइते भएका छन् भने ९ जना बेपत्ता छन्। त्यसमध्ये २६ जना गाजामा र चारजना इजरायलमा मारिएको तथ्यांकमा उल्लेख छ।
कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स सीपीजेको प्रतिवेदनलाई उद्धृत गदै दि टाइम्स अफ इजरायलले पत्रकारहरूले हमला, पक्राउ, धम्की, सेन्सरसिप र परिवारका सदस्यको हत्याको सामना गर्नु परिरहेको बताएको छ।
सीपीजेले पत्रकारहरू मारिएको, बेपत्ता बनाइएको, हिरासतमा राखिएको, चोटपटक वा धम्की दिइएको र मिडिया कार्यालय तथा पत्रकारहरूका घरमा क्षति पुर्याएको लगायत अन्य अपुष्ट रिपोर्टहरूको पनि अनुसन्धान भइरहेको जनाएको छ।