कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज(बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८० पैसा रहेको छ।
यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० ०६:३७
प्रतिक्रिया दिनुहोस्