संकटमा नेपाल, गुलशन झा पनि आउट
काठमाडौं - आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालका गुलशा झा पनि आउट भएका छन्। ओमानले नेपाललाई दिएको १४६ रन लक्ष्य पछ्याउने क्रममा उनी ३ रन बनाएर आउट भएका हुन्। यसअघि कुशल मल्ल १० रन बनाएर आएट भए। यस्तै, कप्तान रोहित पौडेल १२ रन बनाएर आउट भएका थिए।
यसअघि सोमपाल कामी १२ रन र कुशल भुर्तेल २६ रन आउट भए। यस्तै, ओपनर आशिफ शेख ५ रन बनाएर आउट भए। यससँगै नेपालले ६ विकेट गुमाएकाे छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रन बनाएकाे थियाे।
प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८० १२:०१
प्रतिक्रिया दिनुहोस्