Nic Ad Nic Ad
Nic Ad Nic Ad
टी–ट्वान्टी विश्वकप एसिया फाइनल

कुवेतसँग पराजित भएपनि बहराइन सेमिफाइनमा प्रवेश

बिहीबार, कात्तिक १६, २०८०

काठमाडौँ– आइसिसी टी–ट्वान्टी विश्वकप एसिया फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा कुवेतसँग पराजित भए पनि बहराइन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

मूलपानी त्रिकेट मैदानमा आज भएको खेलमा कुवेतले बहराइनलाई चार विकेटले पराजित गरेता पनि नेटरनरेटका आधारमा बहराइन सेमिफाइनमा पुगेको हो । समान अङ्क भए पनि हङ्कङ र कुवेतलाई नेट रनरेटको आधारमा पछि पर्दै बहराइन समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो  । यस समूहबाट तीनै खेल जितेको संयुक्त अरब इमिरेट्स ९युएई० छ अङ्कका साथ समूह विजेता बन्दै सेमिफाइनलमा नेपालसँगको भेट पक्का गर्यो ।

बहराइन, हङ्कङ र कुवेतको समान दुई अङ्क थियो । तर बहराइनको नेटरनरेट माइनस ०।३९८, हङ्कङको माइनस ०।४३३ र कुवेतको माइनस ०।६४९ रहेको कारण बहराइन सेमिफाइनलमा पुग्न सफल भयो । सेमिफाइनलमा बहराइनले ओमानसँग खेल्नेछ । 

आजको खेलमा बहराइनले प्रस्तुत गरेको एक सय ५९ रनको लक्ष्य कुवेतले १६ दशमलव तीन ओभरमा छ विकेट गुमाउँदै पूरा गर्यो । कुवेतका लागि उस्मान पटेलले सर्वाधिक ६४ रनको योगदान दिए । उनले ३४ बलमा छ चौका र पाँच  छक्काको मद्दतले  सर्वाधिक ६४ रनको योगदान दिएका हुन् । 

त्यस्तै कप्तान मोहम्मद अस्लामले अविजित ३६, डिजुर शिलीले २२ तथा बिलाल ताहिर र सायद मुनिबले समान १५–१५ रन जोडे । बलिङतर्फ बहराइनका अली दाउद र रिजवान बटले समान दुई–दुई विकेट लिए भने अब्दुल माजिदले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ५८ रनको योगफल तयार पारेको थियो । बहराइनका लागि इम्रान अनवरले सवाधिक ३७ रनको योगदान दिए । त्यस्तै इम्रान अली र कप्ताम उमर टुरले समान २२–२२, हैदर बटले १८, सोहिद अहमले १५ तथा जुनैद अजिज र साथैया वीरपाथिरानले समान ११–११ रन  बनाए ।

दुवै सेमिफाइनल खेल भोलि बिहान ११ः०० बजे सुरु हुनेछ । मूलपानी क्रिकेट मैदानमा नेपाल र युएईबीच हुनेछ भने ओमान र बहराइनबीचको अर्को सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुनेछ ।  दुवै सेमिफाइन खेलका विजेता टोलीले आगामी सन् २०२४ मा हुने विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

points-tabl-asia-world-cup-cricket-qulifier-2023-1698936394.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  २०:३१
प्रतिक्रिया दिनुहोस्